शुक्रबार, भाद्र २६ गते २०८३
images

गणपति चलचित्रको गीत रिलिज अगावै हिट! 

एक्सप्रेस पाना
भाद्र ३, २०८० आइतबार
  • 1.2K
    SHARES
  • गणपति चलचित्रको गीत रिलिज अगावै हिट! 

    काठमाडौं । चलचित्र गणपतिको “उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला” बोलको गित टिकटक लगायतका सामाजिक सञ्जालमा रिलिज अगावै हिट भएको छ।

    images

    शंकर अधिकारी घायलको रचना र बाबुल गिरीको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको हो।

    चलचित्र गणपति नेपालसँगै बिश्वभर एक साथ प्रदर्शनको मिति तय भएसँगै गित पनि हिट भएपछि चलचित्रको ब्यापार समेत बढ्ने ठाँनिएको हो।

    images

    सबिन अधिकारीद्वारा लिखित तथा निर्देशीत रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ।

    फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ। रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो।

    भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छ्न्।