शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्पेनलाई महिला विश्वकपको उपाधि

एक्सप्रेस पाना
भाद्र ३, २०८० आइतबार
  • 413
    SHARES
  • स्पेनलाई महिला विश्वकपको उपाधि

    स्पेनले तेस्रो सहभागितामै महिला विश्वकप जितेको छ। आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्दै स्पेनले पहिलोपल्ट उपाधि जितेको हो। 

    images

    स्पेनका लागि कप्तान ओल्गा कार्मोना निर्णायक गोल गरिन्। उनले खेलको २९औँ मिनेटमा मारिया क्लाडेन्टेको पासमा बक्सभित्रबाट फस्ट टचमा गोल गरिन्।

    खेलको ७०औँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका पाएको थियो। तर, जेनिफर हर्मोसोले पेनाल्टीलाई गोलमा परिणत गर्न सकिनन्।

    images

    स्पेनलले सन् १९९१ देखि नै विश्वकप छनोट खेल्न थालेको थियो। तर, सन् २०१५ मा क्यानडामा भएको सातौँ विश्वकपमा आएर मात्रै छनोट भएको थियो। डेब्यू प्रतियोगिता समूह ई मा परेको स्पेन ब्राजिल र दक्षिण कोरियासँग पराजित भएको थियो। यद्यपि, कोस्टारिकालाई १-१ गोलको बराबरीमा रोक्दै एक अंक लिएर घर फर्किएको थियो।

    सन् २०१९ मा फ्रान्समा भएको आठौँ विश्वकपमा भने स्पेन अन्तिम १६ मा पुगेको थियो। तर, स्पेन अमेरिकासँग २-१ गोलअन्तरले पराजित हुँदै बाहिरियो।

    यसपटकको विश्वकपमा स्पेन समूह सी मा रहेको थियो। स्पने समूहको उपविजेता भएर अन्तिम १६ मा पुगेको थियो। स्पेनले समूह चरणमा जाम्बिया र कोस्टरिकालाई पराजित गरेको थियो। तर, समूहको अन्तिम खेलमा भने जापानसँग ४-० गोलअन्तरले पारजित भएको थियो। 

    त्यसपछि स्पेनलले नेदरल्यान्ड्स र स्वीडेनलाई पारजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल