शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एशिया कपको लागि भारतीय टोली घोषणा

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 320
    SHARES
  • एशिया कपको लागि भारतीय टोली घोषणा

    काठमाडौं । एशिया कपको लागि भारतीय टोलीको घोषणा भएको छ। 

    images

    तिलक वर्मालाई पहिलो पटक टोलीमा समावेश गर्दै बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले सोमबार अन्तिम टोलीको घोषणा गरेको हो। 

    अजित आगरकरको अध्यक्षतामा रहेको छनोट समितिले तिलकलाई छनोट गरेको हो। उनले भर्खरै वेस्ट इन्डिज भ्रमणमा टी–२० क्रिकेटमा डेब्यु गरेका थिए। एशिया कप अगस्ट ३० बाट शुरु हुँदैछ। छनोटकर्ताले १८ खेलाडीको टोली घोषणा गरेका छन्। सञ्जु सैमसन भने ब्याकअप विकेटकिपर (१८ औं म्यान) हुनेछन्। 

    images

    टोलीमा  केएल राहुल र श्रेयस अय्यर, जसप्रित बुमराह र प्रसिद्ध कृष्णाले पुनरागमन गर्दैछन्। उनीहरू लामो समय चोटका कारण टोली बाहिर थिए। यद्यपि, युजभेन्द्र चहल भने टोलीमा अटाउन सकेनन्।

    श्रेयसले अन्तिम एक दिवसीय खेल १५ जनवरी २०२३ मा श्रीलंकाविरुद्ध खेलेका थिए। यता, राहुलले २२ मार्च २०२३ मा अस्ट्रेलियाविरुद्ध अन्तिम एक दिवसीय खेल खेलेका थिए। श्रेयसको कम्मरमा चोट लागेको थियो भने राहुल तिघ्राको चोटका कारण आईपीएलबाट बाहिर बसेका थिए। यी दुईको पुनरागमनले भारतीय मध्यक्रमलाई बलियो बनाएको छ।

    यस वर्ष एशिया कप पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन्। पहिलो खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा मुल्तानमा हुनेछ।

    एसिया कपका लागि भारतीय टोली
    रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण।

    May be an image of text that says

  • सम्बन्धित विषय:

  • # क्रिकेट