शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ- प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 319
    SHARES
  • राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन्। 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन्।

    संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेका छन्।

    images

    ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन्। हामी निरन्तर छलफलमा छौ। संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ। राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु।’

    विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागि भएन।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड