शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 315
    SHARES
  • हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

    चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।

    images

    डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन। उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन्। 

    मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो। नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन्। उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन्। यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन्। हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो। 

    images

    यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन मा बनायो। हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन्। हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो।   

    बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता प्लेयर अफ दी म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक÷एक विकेट लिए। 

    महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ। 

    आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन्। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट