शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विराटको कप्तानीमा नेपाली रग्बी टोली घोषणा

एक्सप्रेस पाना
भाद्र ६, २०८० बुधबार
  • 347
    SHARES
  • विराटको कप्तानीमा नेपाली रग्बी टोली घोषणा

    काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । 

    images

    नेपालसंगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन्। हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउदै छ। 

    पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। 

    images

    समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएइ, चीन र अफ्गानिस्तान छन्।
    रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ। 

    विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ। नेपालले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइना विरुद्ध खेल्ने छ। हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ।

    एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो। नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ। १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन्।

    नेपाली टोली: विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी ।

  • सम्बन्धित विषय:

  • # रग्बी
  • # १९औं एसियाली खेलकुद