शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मियामी युएस ओपन कपको फाइनलमा

एक्सप्रेस पाना
भाद्र ७, २०८० बिहीबार
  • 359
    SHARES
  • मियामी युएस ओपन कपको फाइनलमा

    काठमाडौँ । इन्टर मियामी युएस ओपन कपको फाइनलमा पुगेको छ।

    images

    विहिबार विहान भएको सेमिफाइनल खेलमा इन्टर मियामीले सिनसिननाती क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो।

    निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवैले १/१ गोल गरेपछि खेल ३/३ खेलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

    images

    यस खेलमा इन्टर मियामीले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्किएको थियो। इन्टर मियामीका लागि लियोनेल मेसीले दुई गोल असिस्ट गरेका थिए भने दुई गोल लिओनार्दो काम्पानाले गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल जोसेफ मार्टिनेजले गरेका थिए।

    पेनाल्टी सुटआउटमा इन्टर मियामी ५-४ ले विजयी भएको थियो।

    अब फाइनलमा इन्टर मियामीले हटसन डाइनामो र रियल साल्ट लेकबीचको विजेतासँग खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल