काठमाडौँ । एशियाको च्याम्पियन्स लिगको ड्र सर्वाजनिक भएको छ।
उक्त ड्र अनुसार सबै ४० क्लबलाई १० समुहमा बिभाजन गरिएको छ।
एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन्। जसमा सबै समुहका समुह विजेता राउण्ड १६ मा पुग्ने छन् भने पूर्व र पश्चिमी क्षेत्रका तीन-तीन बेस्ट उपविजेता राउण्ड १६ मा पुग्ने छन्।
एशियाको च्याम्पियन्स लिगमा पश्चिम क्षेत्र र पूर्वी बाट १६-१६ क्लबले सिधै प्रवेश पाएका थिए भने ४-४ क्लब प्लेअफ खेल्दै छानिएका हुन्।
पश्चिमी क्षेत्रका पाँच समुह यस प्रकार छन्:
समुह 'ए' मा उज्वेकिस्तानको पाख्ताकोर, साउदीको अल फायहा, तुर्किमिनिस्तानको अहाल एफसी र युएईको अल ऐन एफसी रहेका छन्।
त्यस्तै समुह 'बी' मा कतारको अल साद एससी, उज्बेकिस्तानको एफसी नासाफ, जोर्डनको अल फैसली र युएईको शारजाह एफएसी रहेका छन्।
साथै समुह 'सी' मा साउदीको अल इत्तिहाद, इरानको सेपाहन एफसी, इराकी एयर फोर्स क्लब र उज्बेकिस्तानको एजीएमके एफसी रहेका छन्।
त्यस्तै समुह 'डि' मा साउदीको अल हिलाल, इरानको एफसी नासाजी मजान्दारन, भारतको मुम्बई सिटी र उज्बेकिस्तानको नाभबाहोर क्लब रहेका छन्।
साथै समुह 'इ' मा इरानको पेर्सेपोलिस एफसी, कतारको अल दुहैल एफसी, ताजकिस्तानको एफसी इस्टिकलोल र साउदी क्लब अल नासर रहेका छन्।
त्यसैगरी पूर्वी क्षेत्रका पाँच समुह यसप्रकार रहेका छन्
समुह 'एफ' मा दक्षिण कोरियाको जेओनबुक हुन्डाई, थाइल्याण्डको बैंकक युनाइटेड, सिंगापुरको लायन सिटी सैलोर्स एफसी र हङकङको क्लब किटची रहेका छन्।
साथै समुह 'जी' मा जापानको योकोहामा एफ मरिनोस, चीनको क्लब शानडोंग तैशान, फिलिपिन्सको क्लब काया एफसी इलोइलो र दक्षिण कोरियाको इन्चेओन युनाइटेड रहेका छन्।
त्यसैगरी समुह 'एच' मा बुरीराम युनाइटेड, जापानको भेन्टफोरेट कोफु, अस्ट्रेलियाको मेलबर्न सिटी एफसी र चिनिया क्लब झेजियान्ग एफसी रहेका छन्।
त्यस्तै समुह 'आई' मा दक्षिण कोरियाको उल्सान हुन्डाई एफसी, जापानको कावासाकी फ्रोंनटेल, मलेसियाको जोहोर दारुल ताजिम र थाइल्याण्डको क्लब बिजी पाठम युनाइटेड रहेका छन्।
त्यसैगरी समुह 'जे' मा चिनियाँ क्लब वुहान थ्री टाउन एफसी, दक्षिण कोरियाको पोहांग स्टिलर्स, भियतनामको हानोई एफसी र जापानको क्लब उरावा रेड डाइमण्डस रहेका छन्।
योसँगै अब समुह चरणका खेलहरु होम एण्ड अवे आधारमा खेलिने एएफसीले जानकारी दिएको छ। कुल १० समुहबाट हरेक समुहका विजेता राउण्ड १६ मा पुग्ने छन् भने पश्चिम र पूर्वी क्षेत्रका ३(३ समुहका उत्कृष्ट उपविजेता टिम राउण्ड १६ मा पुग्ने छन्।
एएफसीका अनुसार अब समुह चरणका खेलहरु १८ सेप्टेम्बरदेखि १३ डिसेम्बरसम्म हुने छन्। त्यस्तै राउण्ड १६ का खेलहरु १२ फेब्रुअरीदेखि २१ फेब्रुअरीसम्म हुने छन्।
त्यस्तै क्वाटरफाइनलका खेल ४ मार्च, २०२४ देखि १३ मार्च, २०२४ सम्म हुने छन् भने सेमिफाइनलका खेलहरु १६ अप्रिलदेखि २४ अप्रिल, २०२४ सम्म हुने एएफसीले जनाएको छ।



