शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 455
    SHARES
  • मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने

    चारदेशीय महिला टी-ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ।

    images

    समूह चरणको अन्तिम खेलमा नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न सकेन।

    नेपाल, हङकङ र मलेसियाले ३ मध्ये समान २-२ खेलमा जित हात पार्दै ४-४ अंक जोडेको थियो। तर नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन् । कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो।

    images

    शुक्रबार नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

    मलेसियाको जितमा आइना हसिमले अविजित ३७ रन तथा महिराह इस्माइलले २१ रन जोडे। नेपालका लागि पुजा महतो, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले १-१ विकेट हात पारे।

    यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो। बर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो र मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो।

    नेपालका लागि कप्तान रुविना क्षेत्रीले २३ रन तथा इन्दु वर्माले २० रन जोडे। काजल श्रेष्ठले १८ रन बनाइन्।

    मलेसियाका लागि महिरन इस्माइल, नुर दानिया र आइना हसिमले २-२ तथा आइश्या इलिसाले १ विकेट हात पारे।

  • सम्बन्धित विषय:

  • # क्रिकेट