काठमाडौँ । पोर्चुगिज भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा साउदी प्रो लिगमा अल नासरले फराकिलो जित निकालेको छ।
शुक्रबार राति सम्पन्न खेलमा अल फातेहविरुद्ध ५-० को गोल निकाल्दै लिगमा शानदार जित निकालेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए भने साडियो मानेले २ गोल गरेका थिए।
रोनाल्डोले खेलको ३८औँ, ५५औं र ९६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।
त्यसैगरी साडियो मानेले अल नासरका लागि पहिलो गोल समेत यसै खेलमा गरेका थिए । मानेले खेलको २७औं र ८१औं मिनेटमा गोल गरेका थिए।
यस खेलमा अब्दुलरहमान घरीबले २ गोल असिस्ट गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल असिस्ट गरेका थिए।
यो अल नासरको यस सिजनको तेस्रो खेलमा पहिलो जित हो। यो जितपछि अल नासरको ३ खेलमा ३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ। यसअघिका लगातार दुई खेलमा हार बेहोरेको थियो।
त्यस्तै अल फातेहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ। अल नासरले लिगमा अर्को खेल अल शबाबविरुद्ध अगस्त २९ मा खेल्ने छ।



