शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नोट्टीङघममाथि युनाइटेडको पुनरागमन जित, आर्सनल रोकियो

एक्सप्रेस पाना
भाद्र १०, २०८० आइतबार
  • 408
    SHARES
  • नोट्टीङघममाथि युनाइटेडको पुनरागमन जित, आर्सनल रोकियो

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले नोट्टीङघम फोरेस्टलाई पराजित गर्दा आर्सनल फुलह्यामसँग बराबरीमा रोकिएको छ।

    images

    शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोट्टीङघमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडले २-० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३-२ को जित निकालेको हो।

    युनाइटेडको जितमा क्रिस्टियन इरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए। त्यस्तै नोट्टीङघमका लागि ताइवो अवोनियी र विलि बोलीले एक एक गोल गरेका थिए।

    images

    यो जितसँगै म्यानचेस्टर युनाइटेडको जारी सिजनमा दोस्रो जित निकालेको छ। ३ खेलमा युनाइटेडको ६ अंक भएको छ । त्यस्तै पराजित नोट्टीङघमको भने ३ खेलमा ३ अंक रहेको छ।

    गएराति नै भएको अर्को खेलमा आर्सनल फुलह्यामसँग २-२ बराबरीमा रोकिएको  छ।

    खेलको पहिलो मिनेटमा नै आन्द्रेज पेरेइराको गोलमा फुलह्यामले अग्रता बनाएको थियो।

    यसअघि लगातार दुई खेलमा जित निकालेका आर्सनलले तेस्रो खेलमा बराबरीमा रोकिएको हो। आर्सनलको ३ खेलमा ७ अंक भएको छ । त्यसैगरी फुलह्यामको भने ३ खेलमा ४ अंक भएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग