काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन्।
आइतबार राति भएको खेलमा साविको विजेता म्यान्चेस्टर सिटीले शेफफिल्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा सिटीको जितमा इर्लिंग हालाण्ड र रोड्रीले एक एक गोल गरेका थिए। यस खेलमा हलाण्डले एक पेनाल्टी मिस समेत गरेका थिए।
त्यस्तै शेफफिल्डका लागि जयडेन बोगलेले एक गोल फर्काएका थिए।
यो जितपछि सिटीले लगातार तेस्रो जित निकाल्दै ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। त्यसैगरी शेफफिल्डले भने लगातार तेस्रो हार बेहोरेको छ।
यता गएराति नै भएको अर्को खेलमा लिभरपुलले न्युक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको छ।

लिभरपुलको जितमा डर्विन नुनेजले दुवै गोल गरेका थिए । १-० ले पछि परेको लिभरपुललाई नुनेजले खेलको ८१औं र ९३औं मिनेटमा गोल गर्दै जित दिलाएका थिए।
न्यूक्यासलका लागि खेलको २५औँ मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
यस खेलमा खेलको २८औं मिनेटमा भिर्गिल भान डाइकले रातो कार्ड पाएर मैदान छोड्दा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो।
यो जितसँगै नयाँ सिजनमा लिभरपुलले ३ खेलमा लिभरपुलको ७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा बर्नलिलाई एस्टन भिल्ला १-३ गोलले पराजित गरेको छ।



