काठमाडौं । पाकिस्तान र श्रीलंकामा यहि ३० अगस्ट देखि १७ सेप्टेम्बर सम्म आयोजना हुने एसिया कपका लागि अफगानिस्तानले आफ्नो अनितम टोली घोषणा गरेको छ।
आइतबार अफगानिस्तान क्रिकेट बोर्डले हशमतुल्लाह शाहिदीको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।
एसिया कपमा अफगानिस्तान समूह ‘बी’ मा रहेको छ। जसमा बंगलादेश र श्रीलंकासँगै रहेका छन्।
अफगानिस्तानले ३ सेप्टेम्बरमा बंगलादेशसँग खेल्दै एसिया कपको यात्रा सुरु गर्नेछ।
अफगानिस्तानको टोली
हशमतुल्लाह शाहिदी (कप्तान), मोहम्मद नाबी, राशिद खान, रहमानुल्लाह गुर्बाज (विकेटकीपरं, इब्राहिम जाद्रन, रियाज हसन, रहमत शाह, नजीबुल्लाह जाद्रन,इकरम अलिखील (विकेटकीपर), गुलबदीन नैब, करीम जन्नत, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नुर अहमद, मोहम्मद सलीम, फैजलहक फारूकी।



