शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौँ : सन्दीप 

“भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा हो। खेलमा हारजित भन्दा पनि उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ, त्यो महत्त्वर्पूण पनि हुने छ। हामी आफ्नो दिल खोलेर खेल्ने छौँ। हामीलाई जति आउँछ त्यति खेल्ने छौँ,” उनले भने। 

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 449
    SHARES
  • भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौँ : सन्दीप 

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एशिया कपमा भारत र पाकिस्तानसँग दिल खोलेर खेल्ने बताएका छन्। एशिया कपमा सहभागिता जनाउन सोमबार पाकिस्तान प्रस्थान गर्नेक्रममा उनले उक्त कुरा बताएका हुन्।

    images

    “भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा हो। खेलमा हारजित भन्दा पनि उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ, त्यो महत्त्वर्पूण पनि हुने छ। हामी आफ्नो दिल खोलेर खेल्ने छौँ। हामीलाई जति आउँछ त्यति खेल्ने छौँ,” उनले भने। 

    सन्दीप सोमबार बिहान कतार एअरवेजबाट पाकिस्तान प्रस्थान गरेका हुन्। उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए। नेपालले एशिया कप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टोली अहिले पाकिस्तानमा छ। टोलीले आइतबार स्थानिय क्लबसँग अभ्यास खेल खेलेको थियो। तर, सन्दीप भने नाबालिग बल्ताकारको मुद्दाको कारण टोलीसँग पाकिस्तान जान पाएनन्। उनको मुद्दाको पेसी आइतबार रहेको थियो। तर, पेसी आइतबार हेर्न नभ्याइने भन्दै भदौ २१ गतेको लागि सारिएपछि उनले एशिया कप खेल्न पाउने बाटो खुलेको हो। 

    images

    सन्दीपले प्रतियोगितामा नेपालले राम्रो गर्ने आशा व्यक्त गरेका छन्। उनले प्रतियोगिताको लागि आफूले सक्दो तयारी गरेको पनि बताए। “टिमले राम्रो प्रदर्शन गरिरहेको छ। पाकिस्तानको स्थानिय टिमसँग पनि राम्रो प्रदर्शन गरेको थियो। म पनि आफ्नो तरिकाबाट सेल्फ अभ्यास गरिरहेको थिएँ। म प्रतियोगिता खेल्न एकदमै फिट छु,” उनले भने। 

    टोलीसँग ढिला जोडिएपनि आफूले म्यानेज गरिरहेको उनले बताए। टोलीमा रहेका सदस्यसँग पहिलादेखि नै घुलमिल भइरहेको कारण प्रतियोगितामा आफ्नो कारणले कुनै असहज नहुने उनले बताए। “टिमसँग जान नपाएपनि आफूले एक्लै गरिरहेको। हामीले एकअर्कालाई राम्रोसँग चिनिरहेको छौँ। सबै सेभमा हुनुहुन्छ त्यसैले हामीलाई कुनै गाह्रो हुँदैन,” उनले भने।

    नेपालले एशिया कपअन्तर्गत पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग खेल्ने छ। यस्तै सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली सेमिफाइनलमा पुग्ने छ। भारत र पाकिस्तानसँग सधै खेल्न नपाइने भएपनि एकपटक खेलेपनि यसलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको पनि उनले बताए।

    “यो खुशीको पर्व हो। भारत र पाकिस्तानसँग सधैँ खेल्न पाइँदैन। एकपटक खेलेपछि यी टोलीसँग निरन्तर कसरी खेल्ने भन्नेबारे छलफल गरिरहेका छौँ,” उनले भने।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # सन्दीप लामिछाने