शुक्रबार, श्रावण २९ गते २०८३
images
images

२०औँ दिनेश स्मृती गाइजात्र फुटबल प्रतियोगिता : ८ टिमको सहभागिता, विजेतालाई ३ लाख ३ हजार

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 368
    SHARES
  • २०औँ दिनेश स्मृती गाइजात्र फुटबल प्रतियोगिता : ८ टिमको सहभागिता, विजेतालाई ३ लाख ३ हजार

    काठमाडौँ- २०औँ दिनेश स्मृती गाइजात्र फुटबल प्रतियोगिता भदौ दोस्रो साता हुने भएको छ। नमुना स्पोर्ट्स क्लब गोदवारीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्ग प्रतियोगिता आयोजाना गर्न लागेको हो।

    images

    प्रतियोगितमा ८ टोलीको सहभागित रहने आयोजकले जनाएका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक नमुना स्पोट्स क्लब र शान्ती बन एफसीबीच हुनेछ। खेल बिहान ८ बजेबाट शुरू हुनेछ

    प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ र उपविजेताले २ लाख २ हजार २२२ प्राप्त गर्ने छन्। यस्तै, भाग्यामानी एक दर्सकले ५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएका छन्। यस्तै, अन्य विधागत पुरस्कारहरु पनि रहेको छ। 

    images

    यस प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रायोजकको रुपमा रहेको छ। त्यस्तै, क्रेसन्ट एकडेमी स्कुल बाराही, विल्डर्स फ्रिडम एक्सपोर्ट, विद्यासागर स्कुल, सनराइज बैँक, टउखेल साखा सेन्ट, जेभियर्स स्कुल, गोदावरी नगरपालिका ३ नम्वर वडा कार्यलयका साथै युनाइटेड अजोड इन्सोरेन्स पनि सहप्रायोजक रहेको आयोजकले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल