काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित निकालेको छ।
मंगलबार राति भएको खेलमा अल नासरले अल शबाबलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने साडियो माने र सुल्तान अल घन्नमले एक गोल गरेका थिए। यस खेलमा रोनाल्डोले मानेको गोल असिस्ट पनि गरेका थिए।
यो सँगै लिगका पछिल्ला २ रोनाल्डोको यो पाँचौं गोल हो। यसका साथै रोनाल्डो साउदी लिगमा यस सिजनमा सर्बाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। साथै उनले यस सिजनमा २ गोल असिस्ट गरिसकेका छन्।
यो जितसँगै ४ खेलमा अल नासरको ६ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । यता पराजित अल शबाबको भने यो दोस्रो हार हो। यो खेलपछि अल शबाबको ४ खेलमा २ अंक रहेको छ।



