जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्न उपमहानगर क्षेत्रका विद्यालयहरुलाई आज दिउँसो २ बजेपछि बिदा दिएको छ।
वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालयमा कक्षा संचालन नगर्न भनेका छन्।
आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ।
.jpg)



