शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बाबर र इफ्तिखारको शतकमा पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 449
    SHARES
  • बाबर र इफ्तिखारको शतकमा पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको लक्ष्य

    काठमाडौं । कप्तान बाबर अजाम र इफ्तिखार अहमदको शतकसँगै एशिया कपमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ।

    images

    मुलतान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो।

    पाकिस्तानले शुरूआत खराब गरेको थियो। उसले ६.१ ओभरमा २५ रन बनाउँदा नै २ विकेट गुमाइसकेको थियो। तर, कप्तान बाबरले क्रिजमा टिक्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। उनले १३१ बलमा १४ चौका र ४ छक्कासहित १५१ रन प्रहार गरे। उनले १०२ बलमा शतक पूरा गरेका थिए। उनको ओडीआई करिअरमा यो १९औँ शतक हो। 

    images

    यता, इफ्तिखार अहमदले अविजित रहँदै ७१ बलमा ११ चौका र १ छक्कासहित १०९ रन प्रहार गरे।

    उनको ओडीआईमा यो पहिलो शतक हो। उनीहरूबीच पाँचौँ विकेटको लागि १३१ बलमा २१४ रनको साझेदारी भयो। बाबर ४९.४ ओभरमा सन्दीप जोराबाट क्याच आउट भए।

    यस्तै, मोहम्मद रिजवानले ५० बलमा ६ चौकासहित ४४ रन प्रहार गरे। बाबर र रिजवानबीच तेस्रो विकेटका लागि १०६ बलमा ८६ रनको साझेदारी भएको थियो। रिजवान २४औँ ओभरको चौथो बलमा रन आउट भए। 

    ओपनर फाखर जमान १४ र इमान उल हक ५ रनले आउट भए। यस्तै, आगा सलमान ५ र सदब खान ४ रनमा क्याच आउट भए।

    नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८२ रन खर्चिँदै २ विकेट लिए। करण केसी र सन्दीपको नाममा १/१ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # एशिया कप-२०२३