काठमाडौँ । २०औँ संस्करणको दिनेश स्मृति गाइजात्र फुटबल प्रतियोगिताको उपाधी गोदावारी युनाइटेडले जितेको छ।
नमुना स्पोर्ट्स क्लब गोदवारीको आयोजनामा बिहिवार सम्पन्न फाइनल खेलमा टिम मिनवालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै गोदावरी युनाईटेड च्याम्पियन बनेको हो।
प्रतियोगिताको विजेता गोदावरीले नगद ३३,३३३ रुपैयाँ प्राप्त गर्दा उपविजेता मिनवाले बनेको २२,२२२ रुपैया प्राप्त गरेको छ।



