शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेस्सीलाई पछि पार्दै हालाण्ड बने युरोपको उत्कृष्ट खेलाडी

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 369
    SHARES
  • मेस्सीलाई पछि पार्दै हालाण्ड बने युरोपको उत्कृष्ट खेलाडी

    काठमाडौं । २०२२/२३ को युइएफए प्लेयर अफ द इयरको अवार्ड म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड इर्लिंग हालाण्डले जितेका छन्।

    images

    गएराती सम्पन्न एक कार्यक्रममा युरोपियन फुटबल फेडेरेसन ९युइएफए० ले बर्षका उत्कृष्ट खेलाडीको घोषणा गरेको हो।

    हालाण्डले लियोनेल मेस्सी र म्यान्चेस्टर सिटीका केभिन डी ब्रुनेलाई पछि पार्दै युरोपको उत्कृष्ट बर्ष खेलाडीको अवार्ड जितेका हुन्।

    images

    हालाण्डले गत सिजनमा सिटीका लागि च्याम्पियन्स लिगका ११ खेलमा एक असिस्टसहित १२ गोल गरेका थिए भने प्रिमियर लिगमा ३७ खेलमा ८ असिस्टसहित ३६ गोल गरेका थिए।

    त्यस्तै स्पेनकी महिला खेलाडी एइताना बोनमाती युरोपको महिला बर्ष खेलाडी बनेकी छन् भने म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला बर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन्।

     

  • सम्बन्धित विषय:

  • # फुटबल