काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत बहराइनको सामना गर्दै छ।
मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि शुरु हुँदै छ ।
नेपालले प्रतियोगितामा विहिबार आयोजक मलेसियालाई ५ रनले पराजित गर्दै छनोटमा सुखद शुरुवात गरेको छ।
सेप्टेम्बर ९ सम्म संचालन हेन यस एशिया छनौटमा १२ देशले भाग लिएका छन्। जसमा नेपाल समुह ए मा रहेको छ।
समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।
प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल भुटानविरुद्ध सेप्टेम्बर ३ मा, कतारविरुद्ध सेप्टेम्बर ४ मा र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।
नेपाली टोलीः
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल।



