शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली महिला टिमको लगातार दोस्रो जित

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 422
    SHARES
  • नेपाली महिला टिमको लगातार दोस्रो जित

    काठमाडौ । टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ। 

    images

    नेपालले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको हो।

    बहराइनले दिएको ३२ रनको लक्ष्य पछाएको नेपालले २।५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।

    images

    नेपालका लागि कबिता कुँवरले अविजित १८ रन बनाएकी थिइन् भने सिता राना मगरले अविजित २ रन बनाएकी थिइन्।

    यसअघि पहिला ब्याटिंगमा उत्रिएको बहराइन १५।४ ओभरमा ३१ रनमा अलआउट भएको थियो।

    बहराइनलाई सस्तैमा अल आउट गर्नेक्रममा नेपाली बलर इन्दु बर्माले ३ विकेट लिएकी थिइन् भने कुशी डंगोलले २ विकेट लिएकी थिइन्। त्यस्तै कविता कुवँर, पुजा महतो र कप्तान रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट