शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला क्रिकेट टिमले आज भुटानको सामना गर्दै

एक्सप्रेस पाना
भाद्र १७, २०८० आइतबार
  • 360
    SHARES
  • महिला क्रिकेट टिमले आज भुटानको सामना गर्दै

    काठमाडौ । टी-२० विश्वकपको एशिया छनो खेल अन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दै छ।

    images

    नेपालले आज तेस्रो खेलमा भुटानको सामना गर्न लागरेको हो। 

    विश्वकप छनोटमा नेपालले यसअघि लगातार दुई जित निकालेको थियो । नेपालले पहिलो खेलमा आयोजक मलेसिया र दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।   

    images

    सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन्। जसमा नेपाल समुह ए मा रहेको छ।

    समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।

    प्रतियोगितामा नेपालले कतारविरुद्ध सेप्टेम्बर ४ मा  र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ। 

    दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट