शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तान र भारतबीचको खेल रद्द, पाकिस्तान सुपर चारमा

एक्सप्रेस पाना
भाद्र १७, २०८० आइतबार
  • 327
    SHARES
  • पाकिस्तान र भारतबीचको खेल रद्द, पाकिस्तान सुपर चारमा

    काठमाडौँ । एशिया कपअन्तर्गत पाकिस्तान र भारतबीचको खेल रद्द भएको छ। यो सँगैपाकिस्तान एशिया कपको सुपर चारमा पुगेको छ।

    images

    श्रीलंकास्थित पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार भारतविरुद्धको खेल बर्षाले रद्द भएर अंक बाँडेसँगै पाकिस्तान समुह ए बाट सुपर चारमा पुगेको हो। 

    पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन। 

    images

    पाकिस्तानको २ खेलमा ३ अंक रहेको छ र सुपर चारमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

    पाकिस्तानले समुह ए मा नेपालविरुद्धको खेल जितेको थियो।

    त्यस्तै समुह ए मा भारतको एक खेलमा एक अंक रहेको छ समुहमा दोस्रो स्थानमा छ। त्यस्तै नेपाल पहिलो खेल पाकिस्तानसँग हारेर समुहमा पुछारमा छ।

    अब सोमबार नेपालले भारतको सामना गर्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३