काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ।
गएराती भएको खेलमा अल नासरले अल हाजमलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले जादुई प्रदर्शन गरेका थिए। रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरे। योसँगै रोनाल्डोले आफ्नो क्यारियरमा क्लब र देश गरेर ८५० गोल गर्दै नयाँ किर्तिमान बनाएका छन्।
त्यस्तै अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले एक एक गोल गरेका थिए।
त्यसै गरि अल हाजमका लागि एक गोल मुहमद बाडामोसीले गरेका थिए।
यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यस्तै अल हाजमको भने ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पिचार्मा रहेको छ।



