शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाललाई पराजित गर्दै भारत एशिया कपको सुपर चारमा

एक्सप्रेस पाना
भाद्र १९, २०८० मंगलबार
  • 305
    SHARES
  • नेपाललाई पराजित गर्दै भारत एशिया कपको सुपर चारमा

    काठमाडौँ । भारतले नेपाललाई १० विकेटले पराजित गर्दै एशिया कपको सुपर चारमा पुगेको छ ।

    images

    सोमबार राति सम्पन्न वर्षाले प्रभावित खेलमा भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाएर पाएको १४५ रनको लक्ष्य पुरा गरेको थियो ।

    बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७४ रन बनाए भने शुभमन गीलले अविजित ६७ रन बनाए ।

    images

    यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो ।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए भने उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको शानदार साझेदारी गरेका थिए । त्यस्तै कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।

    त्यस्तै  सोमपाल कामीले उत्कृष्ट ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । सोमपालले दिपेन्द्र सिंह ऐरीसँग ५० रन र सन्दीप लामिछानेसँग ३४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसैगरी दिपेन्द्र सिंह ऐरी २७, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २, गुलशन झाले २३, सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले  अविजित २ रन बनाए भने ललित राजबंशी शुन्यमा आउट भएका थिए  ।

    त्यस्तै भारतका बलर रविन्द्र जडेजा र मोहमद सिराजले ३-३ तथा मोहमद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।

    योसँगै समुह ए बाट भारत र पाकिस्तान सुपर चारमा पुगेका छन् भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट