शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीकृष्ण कप : सेमिफाइनल समिकरण पूरा

एक्सप्रेस पाना
भाद्र २१, २०८० बिहीबार
  • 642
    SHARES
  • श्रीकृष्ण कप : सेमिफाइनल समिकरण पूरा

    सिन्धुपाल्चोक । चौतारा फुटबल क्लबको आयोजनामा जारी पहिलो संस्करणको श्रीकृष्ण कप सेभेन 'ए' साइड  नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

    images

    बिहिवार क्वाटरफाइनलका ४ खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

    क्वाटरफाइनलको पहिलो खेलमा सुकेटे गाइज्जले एलबीआर युथ क्लबलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। 

    images

    सुकेटेको जितमा गोलरक्षक सुशान्त खड्का र सुजन माजीले १/१ गोल गरे। 

    खेलको म्यान अफ दि म्याच सुकेटेका सुजन माजी घोषित हुँदै ट्रफी हात पारे।

    दुबै गोल दोस्रो हाफमा भएको हो। अब सुकेटेले सेमिफाइनलमा सामना गर्नेछ।

    दोस्रो क्वाटरफाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ ले बतासेलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्यो।

    निर्धारित ४० मिनेटको खेलमा दुबै टोलिबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो।  

    यस खेलमा पिपलडाँडाका गोलरक्षक नवीन शिल्वाल म्यान अफ दि म्याच घोषित भए।

    तेस्रो क्वाटरफाइनलमा लिल्फुङ घले समाजलाई सडन डेथमा ५-४ गोल अन्तरले हराउँदै महाङ्काल भुमि तामाङ समाजले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

    निर्धारित समय दुबै टोलिबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

    यस्तै अन्तिम क्वाटरफाइनल खेलमा धार्पा एफसीले खुदुना वारि स्पोर्टिङ क्लबलाई २-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। 

    धार्पाको जितमा सागर तामाङ र सुदर्शन श्रेष्ठ १/१ गोल गरे। यी दुबै गोल दोस्रो हाफामा सम्भव भएको थियो।

    यस्तै खेलको म्यान अफ दि म्याच धार्पाका सागर तामाङ घोषित भए। 

    सेमिफाइनलका खेलहरु शुक्रबार बिहान सुरु हुनेछ। 

    पहिलो सेमिफाइनलमा सुकेटेले महाङ्काल भुमि तामाङ समाजको सामना गर्नेछ। यो खेल बिहान ८:३० बजेबाट सुरु हुनेछ।

    दोस्रो सेमिफाइनलमा पिपलडाँडाले धार्पाको साकना गर्नेछ। यो खेल बिहान १० बजेबाट सुरु हुनेछ।

    यस्तै फाइनल खेल भोलि नै दिउँसो ३ बजे हुनेछ।

    जारी प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलस्थित मिनि रंगशालामा आगामी २२ गतेसम्म सञ्चालन हुनेछ।

    २५ टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद ५५ हजार, उपविजेता २५ हाजर ट्रफी मेडल प्राप्त गर्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # श्रीकृष्ण कप