मंगलबार, श्रावण १२ गते २०८३
images
images

कस्तो रहनेछ आजको मौसम ?

एक्सप्रेस पाना
भाद्र २२, २०८० शुक्रबार
  • 348
    SHARES
  • कस्तो रहनेछ आजको मौसम ?

                    तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

    images

    आज (शुक्रबार) देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहनेछ ।

    आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    देशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    भोलि (शनिबार) देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले। साथै शनबार पनि तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

  • सम्बन्धित विषय:

  • # मौसम