शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीकृष्ण कपको उपाधि पिपलडाँडालाई

एक्सप्रेस पाना
भाद्र २२, २०८० शुक्रबार
  • 1.5K
    SHARES
  • श्रीकृष्ण कपको उपाधि पिपलडाँडालाई

    सिन्धुपाल्चोक । पहिलो संस्करणको श्रीकृष्ण कप सेभेन 'ए' साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडाले जितेको छ।

    images

    चौतारा फुटबल क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पिपलडाँडाले माहाङकाल भुमि तामाङ समाजलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

    पिपलडाँडालाई उपाधि दिलाउन युवराज ढकालले दुई र श्रीकृष्ण लामाले एक गोल गरे। यता माहाङकालको लागि नविन तामाङले पेनाल्टीमा एक सान्त्वना गोल गरे।

    images

    पहिलो हाफमै ३-० गोलले पछि परेको माहाङकालले खेलमा फर्कन निकै संघर्ष गरे पनि सफल हुन सकेन।

    उपाधि सँगै पिपलडाँडाले नगद ५५ हजार र उपविजेता माहाङकालले नगद २५ हजारमा चित्तबुझायो।

    त्यसअघि पहिलो सेमिफाइनलमा माहाङकालले सुकेटेलाई ३-० गोलले हराउँदै फाइनलमा पुगेको थियो भने पिपलडाँडाले धार्पा युवा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी डिफेन्स महाङकालका रोमन श्रेष्ठ घोषित भए। उत्कृष्ट गोलरक्षक पिपलडाँडाका नवीन शिल्वाल, उत्कृष्ट मिडफिल्डर महाङकालका राम ढकाल, सर्वाधिक गोल कर्ता महाङकालकै नविन तामाङ, उनले प्रतियोगिता भर ५ गोल गरेका थिए।

    यस्तै पिपलडाँडाका युवराज ढकाल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। यी सबै बिधाका खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। 

    यता प्रतियोगिताको फ्यर प्लेयको उपाधि लिल्फुङ घले समाजले हात पार्यो। 

    प्रतियोगिताको समापन समारोह चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले विजेता तथा उपविजेता सबै खेलाडीलाई ट्रफी मेलड र प्रमाणपत्र वितरण गर्नु भयो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # श्रीकृष्ण कप