शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० भाद्र २३ गते (शनिवार)

एक्सप्रेस पाना
भाद्र २३, २०८० शनिबार
  • 351
    SHARES
  • आजको राशिफल : २०८० भाद्र २३ गते (शनिवार)

                                    आजको राशिफल : २०८० भाद्र २३ गते (शनिवार)
    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। 

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    काम बिग्रने डरले सताउनेछ। आँटले काम लिनेहरूलाई फाइदा हुनेछ। सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूले साथ दिने हुँदा नसोचेको काम सम्पादन हुनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

    तपाईको दिन शुभ रहोस् ।

  • सम्बन्धित विषय:

  • # राशिफल