शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जापानले जर्मनीलाई ४-१ ले हरायो

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 275
    SHARES
  • जापानले जर्मनीलाई ४-१ ले हरायो

    काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जापानले जर्मनीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ। 

    images

    गएराती सम्पन्न भएको खेलमा जापानले जर्मनीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

    जापानको जितमा जुनया इटो, अयास उएडा, टाकुमा असानो र आओ टनाकाले एक एक गोल गरेका थिए। यता जर्मनीका लागि एक गोल लिरोय सानेले गरेका थिए।

    images

    खेलको ११औं मिनेटमा जापानको लागि जुनया इटोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको १९औं मिनेटमा जर्मनिको लागि सानेले गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए। 

    त्यसपछि २२औं मिनेटमा पुन अयास उएडाको गोलमा जापानले खेलमा २१ को अग्रता बनायो। खेलको ९०औं मिनेटमा टाकुमा असानो र ९२औं मिनेटमा आओ टनाकाले गोल गर्दै जापानलाई जर्मनिविरुद्ध ४-१ गोलको फराकिलो जित दिलाए।

    अब जापानले अर्को खेल सेप्टेम्बर १२ मा टर्कीविरुद्ध खेल्दै छ भने जर्मनीले सेप्टेम्बर १३ मा फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल