शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल म्यान्मारसँग पराजित

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 336
    SHARES
  • नेपाल म्यान्मारसँग पराजित

    काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा म्यान्मारसँग नेपाल पराजित भएको छ। 

    images

    सोमबार सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यान्मारसँग १-० गोल अन्तरले पराजित भएको हो।

    म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा म्यान्मारका लागि खेलको ८६ औ मिनेटमा विन लिन्गले गोेल गरेका हुन्।

    images

    म्यान्मारले गरेको गोल भने विवादित बनेको थियो । बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको संकेत गर्दै झन्डा उठाए पनि रेफ्रीले सो संकेत नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो। 

    नेपाली टिमका कप्तान किरणसहितका खेलाडीले सो गोलको विरोध गरेपनि रेफ्रीले गोललाई मान्यता दिएका थिए। 

    दुई मैत्रीपूर्ण खेल अन्तर्गत यसअघि शुक्रबार सम्पन्न भएको खेलमा नेपाल र म्यान्मारबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल