शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोर्चुगलले लक्जेम्बर्गलाई ९-० ले हरायो

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 491
    SHARES
  • पोर्चुगलले लक्जेम्बर्गलाई ९-० ले हरायो

    काठमाडौँ । युरो कप २०२४ को छनोट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गविरुद्ध फराकिलो जित निकालेको छ। 

    images

    गएराती सम्पन्न भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोल अन्तरले पराजित गरेको हो।

    पोर्चुगलको फराकिलो जितमा गोन्कालो इनासियो, गोन्कालो रामोस र डिओगो जोटाले २/२ गोल गरेका थिए। त्यस्तै रिकर्दो होर्टा, ब्रुनो फर्नानडेज र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए।

    images

    समुह जे मा रहेको पोर्चुगलको युरो कप छनोटमा यो लगातार छैटौं जित हो। उक्त जितसँगै पोर्चुगलको समुह जे मा ६ खेलमा १८ अंक बनाएर समुहमा शिर्ष स्थानमा रहेको छ। 

    यता पराजित लक्जेम्बर्गको भने समान ६ खेलमा १० अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ। 

    यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्। रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाए पछि यो खेल गुमाएका थिए।

    पोर्चुगलले अब युरोकप छनोट अन्तर्गत आगामी अक्टोबर १४ मा स्लोभाकिया र अक्टोबर १७ मा बोस्निया हर्जगोभिनासँग खेल्ने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # पोर्चुगल