शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण (तस्बिहरु)

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 353
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण (तस्बिहरु)

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

    images

    प्रधानमन्त्री प्रचण्डले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    No description available.

    images

    केहि बेरअघि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल पुर्याइएपछि अहिले श्रद्धाञ्जली दिनेको भिड लागेको छ। पार्टी कार्यालयमा पुगेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

    No description available.

    त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्। प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो।

    No description available.

    No description available.

  • सम्बन्धित विषय:

  • # प्रचण्ड