शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारत एशिया कपको फाइनलमा

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 340
    SHARES
  • भारत एशिया कपको फाइनलमा

    काठमाडौँ । भारत एशिया कपको फाइनलमा पुगेको छ। 

    images

    सुपर फोर अन्तर्गतको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै एशिया कपको फाइनलमा पुगेको हो।

    मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो।

    images

    भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुदै १७२ रन मात्र बनाएको थियो। 

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुदै २१३ रन बनाएको थियो।

    सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ।

    त्यस्तै सुपर फोरमा २-२ खेल खेलेर २-२ अंक हासिल गरेका श्रीलंका र पाकिस्तानबीचको विजेता फाइनलमा पुग्ने अर्को देश हुने छ। बंगलादेश भने लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३