शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मुख्य प्रशिक्षक बिनै जर्मनीले फ्रान्सलाई हरायो

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 289
    SHARES
  • मुख्य प्रशिक्षक बिनै जर्मनीले फ्रान्सलाई हरायो

    मुख्य प्रशिक्षक बर्खास्त गरे पछिको पहिलो खेलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ।

    images

    लगातार खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले मंगलबार मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गरेको हो।

    यसअघिका पाँच खेलमा जर्मनी नतिजाबिहिन भए पछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाइ बर्खास्त गरेको थियो। त्यसपछि सहायक प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्कमा जर्मनीलाई मैदानमा उतारेको थियो। 

    images

    फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा जर्मनीका तर्फवाट थोमर मुलर र लरेय सानेले गोल गरेर जीत बिहिन अवस्थालाइ टुंग्याएका हुन्। सो खेलमा फ्रान्सका एन्टोनी ग्रीजम्यानले एक गोल फर्काएका थिए। 

    खेल सुरू भएको चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए भने खेल सकिन लागेको बेलामा सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारिदिएका हुन।  

    निकै रोमाञ्चक बनेको उक्त प्रतिस्पर्धाको ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजम्यानले गोल गरेका थिए। अन्ततः खेल २-१ जीत हासिल गर्न जर्मनी सफल भयो। 

  • सम्बन्धित विषय:

  • # फुटबल