शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वडा फुटसल प्रतियोगिता: बुधबार वडा नं २६, २८, १३ र १३ विजयी

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 471
    SHARES
  • वडा फुटसल प्रतियोगिता: बुधबार वडा नं २६, २८, १३ र १३ विजयी

    काठमाडौँ, भदौ २७ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बुधबार वडा नं २६, वडा नं २८, वडा नं १३ र वडा नं १२ ले जित हात पारेका छन्।

    images

    काठमाडौँ महानगरपालिकाका वडाहरुबीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा वडा नं २६ ले वडा नं ५ लाई १-० ले हरायो। सो खेलमा करण खड्गीले निर्णायक गोल गरे।

    दोस्रो खेलमा वडा नं २८ ले वडा नं २४ लाई ४-१ ले पराजित गर्यो । विजयी टिमका लागि उदेश खड्गीले दुई तथा दिपु तण्डुकार र सिसिर वज्राचार्यले एक/एक गोल गरे। वडा नं २४ का लागि सोमन श्रेष्ठले गरेको गोल सान्त्वना मात्र बन्यो।

    images

    तेस्रो खेलमा वडा नं १३ ले वडा नं २१ लाइ २-० ले हरायो। वडा नं १३ का लागि विकेश साही र अभय रानाले गोल गरे। विकेश म्यान अफ दि म्याच चुनिए।

    दोस्रो दिनको अन्तिम खेलमा वडा नं १२ ले वडा नं १८ लाई ३-० ले निराश बनायो। सो खेलमा कैलाश डंगोल र विजय शाहीले गोल गरे। बुधबार जित हासिल गर्ने चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन्।

    बिहिबार वडा नं ११ र वडा नं २९, वडा नं २ र वडा नं १९, वडा नं ६ र वडा नं १५ तथा वडा नं ३१ र वडा नं ८ बीच खेल हुनेछन्। नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल