शनिबार, आश्विन २४ गते २०८३
images

अपी क्रिकेट कार्भिलमा १२ टोली सहभागी हुने

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 381
    SHARES
  • अपी क्रिकेट कार्भिलमा १२ टोली सहभागी हुने

    काठमाडौं, भदौ २८ गते । अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्भिल’ हुने भएको छ।

    images

    धापासीस्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिए।

    प्रतियोगितामा आयोजक अपि स्कुलको दुई, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ।
     
    सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ। सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। 

    images

    १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन्। प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट