शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण बारे संसदलाई दिए जानकारी

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 364
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण बारे संसदलाई दिए जानकारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने विषय संसद्लाई जानकारी गराएका छन्। 

    images

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर यी देशका साझा समस्या र चुनौतीको विषयमा विश्वसको ध्यानाकर्षण गर्ने बताए।

    उनले आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवर्द्धनका विषयहरू गहन रूपमा छलफलमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने उनले जिकिर गरे। 

    images

    उनले भने- 'नेपालको राजनीतिक उपलब्धि अवगत गराउने शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेको चुनौतीमा विश्वको ध्यानाकर्षण गर्ने, जलवायु परिवर्तनबाट नेपाल जस्तो देशमा परेको गहिरो र दुरगामी देशमा परेको समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गराउनेलगायत कार्यक्रम रहेको छ।'

    प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जादै छन्। उनले संयुक्त राष्ट्र संघको ७८औँ  महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    साथै प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा अमेरिकाबाटै चीन भ्रमणमा जाने समेत जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड