शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फुटसल प्रतियोगिता : शुक्रबार वडा नं २७, १७, ३२ र ९ विजयी

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 465
    SHARES
  • फुटसल प्रतियोगिता : शुक्रबार वडा नं २७, १७, ३२ र ९ विजयी

    काठमाडौँ, भदौ २९ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ ले जित हात पारेका छन्।

    images

    काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको चौथो दिन वडा नं २७ ले वडा नं १ लाई ५–१ ले सजिलै हरायो। विजयी टिमका लागि सिरज कंसाकारले दुई तथा विज्ञान शाही, रविन्द्र श्रेष्ठ र सलिल श्रेष्ठले एक–एक गोल गरे। वडा नं १ का आसिस थापा मगरले गरेको गोल सान्त्वना मात्र बन्यो।

    अर्को खेमला वडा नं १७ ले वडा नं २५ लाई २–० ले पराजित गर्यो। वडा न १७ का लागि सुगन महर्जन र श्रृजन रजकले गोल गरे। अन्य खेलमा वडा नं ९ ले वडा नं २० लाई ७–२ र वडा नं ३२ ले वडा नं ७ लाई २–१ ले हराए।

    images

    शुक्रबार भएका चार खेलसँगै पहिलो चरण समाप्त भएको छ। शनिबार प्रिक्वाटरफाइनल सुरु हुनेछ। प्रिक्वाटरफाइनल अन्तर्गत पहिलो खेलमा वडा नं १२ ले वडा नं ११, वडा नं २८ ले वडा नं १३, वडा न ८ ले वडा नं २६ र वडा नं २ ले वडा नं १५ सगँ खेल्नेछन्।

    नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल