शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतमाथि बंगलादेशले निकाल्यो ६ रनको रोमाञ्चक जित

एक्सप्रेस पाना
भाद्र ३०, २०८० शनिबार
  • 298
    SHARES
  • भारतमाथि बंगलादेशले निकाल्यो ६ रनको रोमाञ्चक जित

    काठमाडौँ । भारतमाथि बंगलादेशले ६ रनको रोमाञ्चक जित निकालेको छ। 

    images

    एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो।

    बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुँदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो।

    images

    भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन्। 

    यसअघि बंगलादेशले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउदै २६५ रन बनाएको थियो।

    योसँगै एशिया कपको सुपर फोरका खेलहरु सकिएका छन्। भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलंकासँग आइतबार खेल्दै छ ।

    त्यस्तै बंगलादेशले सुपर फोरमा सान्त्वना जित हासिल गरेर घर फर्किने भएको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट