काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले अल राएदलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न भएको खेलमा अल नासरले अल राएदलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो माने, टालिस्का र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गरे। यता अल राएदका लागि एक गोल गरेका थिए।
पहिलो हाफको अत्तिरिक्त समयमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यस्तै टालिस्काले ४९ र ७८औं मिनेटमा रोनाल्डोले गोल गरे। यो सँगै जारी सिजन रोनाल्डोले ६ खेलमा ७ गोल र ५ गोलको लागि अस्सिट गरेका छन्।
यस खेलमा बान्डेर ह्वाएसहीले खेलको पहिलो हाफमा रातो कार्ड पाएपछि राएद १० खेलाडीमा सिमित भएको थियो ।
यो यस सिजनको लिगमा अल नासरको लगातार चौथो जित हो । यो जितपछि अल नासरको ६ खेलमा १२ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी अल राएदको भने यस सिजनमा यो चौथो हार हो। यो हारपछि अल राएदको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ।



