शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कप फाइनल : भारतसँग श्रीलंका ५० रनमा अलआउट

एक्सप्रेस पाना
भाद्र ३१, २०८० आइतबार
  • 353
    SHARES
  • एसिया कप फाइनल : भारतसँग श्रीलंका ५० रनमा अलआउट

    घरेलु टोली श्रीलंका एसिया कपको फाइनल खेलमा भारतसँगा ५० रनमा अलआउट भएको छ।

    images

    कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतको कसिलो बलिङ सामू १५.२ ओभरमा ५० रनमा अल आउट भएको हो।

    श्रीलंकाका एक्दिवासिय अन्तर्राष्ट्रिय खेलको इतिहासमा यो दोस्रो कम टोटल हो। यस अघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अल आउट भएको थियो।

    images

    यस खेलमा श्रीलंकाका कुसल मेन्डीसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    त्यस्तै श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त बनाउन भारतीय बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिए। त्यसैगरी हार्दिक पाण्डेयले ३ तथा जसप्रित बुमराहले एक विकेट लिएका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३