शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अन्तर वडा फुटसल : वडा नं २३ बाहिरियो

एक्सप्रेस पाना
भाद्र ३१, २०८० आइतबार
  • 366
    SHARES
  • अन्तर वडा फुटसल : वडा नं २३ बाहिरियो

    प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ प्रिक्वाटरफाइनलबाट विदा भएको छ। 

    images

    लैनचौर फुटसल मैदानमा आइतबार वडा नं १४ ले वडा नं २३ लाई प्रतिस्पर्धात्मक खेलमा १–० ले हराएर क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा मनिष रानाभाटले विजयी गोल गरे। 

    काठमाडौँ महानगरपालिकाका वडाहरु बीच भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार भएका अन्य खेलमा वडा नं ४, वडा नं १७ र वडा नं ३२ आआप्mनो खेल जितेर क्वाटरफाइनलमा पुगे। 

    images

    पहिलो खेलमा वडा नं ४ ले वडा नं ९ लाई १–० ले हराएर अन्तिम आठमा स्थान बनायो । सो खेलमा भएको एक मात्र गोल प्रजेश अधिकारीको नाममा रह्यो। 

    दोस्रो खेलमा वडा नं १७ ले वडा २७ को चुनौती १–० ले समाप्त पार्यो। सो खेलमा विजयी टिमका गोलरक्षक लक्ष्मण देउला म्यान अफ दि म्याच चुनिय। 

    यसैगरी वडा नं ३२ ले वडा नं २२ लाई २–० ले पराजित गर्यो। सो खेलमा विशान्त मगर र जीवन पराजुलीले गोल गरे।

    प्रतियोगिताअन्तर्गत सोमबार प्रिक्वाटरफाइनलका खेलहरु खेलिनेछन्। सोमबार वडा नं १४ ले वडा नं ३२, वडा नं १५ ले वडा न २६, वडा नं ४ ले वडा नं १७ र वडा नं ११ ले वडा नं १३ सँग खेल्नेछन्।

    नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल