काठमाडौँ । साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ।
अल नासरले इरानी क्लब पेर्सेपोलिसलाई २-० गोल अन्तरले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको हो।
मंगलबार इरानको तेहरानमा भएको खेलमा अल नासरको जितमा अब्दुलरहमान घरिब र मोहमद क्वासेमले १/१ गोल गरे।
यस खेलमा पेर्सेपोलिसका मिलाद सर्लाकले खेलको ५२औं मिनेटमा रातो कार्ड पाएपछि पेर्सेपोलिस १० खेलाडीमा सिमित भएको थियो।
एएफसी च्याम्पियन्स लिगमा समुह ई मा रहेको अल नासरले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ। त्यस्तै यसै समुहमा रहेका इस्टीकलोल र अल दुहैलबीचको खेल भने १-१ गोलको बराबरीमा रोकिएसँगै दुवैले १/१ अंक बाँडेका छन्।
अब अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत दोस्रो खेल अक्टोबर २ मा ताजकिस्तानको क्लब इस्टीकलोलसँग खेल्ने तालिका रहेको छ।



