शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फेलिक्स चम्किँदा च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

एक्सप्रेस पाना
आश्विन ३, २०८० बुधबार
  • 302
    SHARES
  • फेलिक्स चम्किँदा च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

    काठमाडौँ । पोर्चुगीच युवा खेलाडी जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शन गरेपछि युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ।

    images

    च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले बेल्जियन क्लब एन्टवेर्पलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

    बार्सिलोनाको जितमा फेलिक्सले २ गोल गर्नुका साथै एक गोल असिस्ट समेत गरेका थिए भने रोबेर्ट लेवानडोस्की र गाभीले १/१ गरेका थिए। एक गोल एन्टवेर्पका जेल्ले बाटाइलेले आत्मघाती गोल गरेका थिए।

    images

    यो जितसँगै समुह एचमा रहेको बार्सिलोनाले महत्वपूर्ण ३ अंक जोडेको छ। साथै यसै समुहमा रहेको पोर्टोले शख्तर डोनेटास्कलाई ३-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

    अब बार्सिलोनाले च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ५ मा पोर्टोविरुद्ध खेल्ने तालिका रहेको छ।

    अन्य खेलको नतिजा:

    May be an image of american football, football and text that says

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग