शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुई हारसँगै पुरुष भलिबल टिम एसियाली खेलकुदबाट बाहिरियो

एक्सप्रेस पाना
आश्विन ३, २०८० बुधबार
  • 510
    SHARES
  • दुई हारसँगै पुरुष भलिबल टिम एसियाली खेलकुदबाट बाहिरियो

    काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टिम एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ। 

    images

    एशियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एशियाली खेलकुदबाट बाहिरिएको हो।  

    समूह बी मा रहेको नेपाल इरानसँग २५-९, २५-१५ र २५-१३ को सोझो सेटमा पराजित भएको हो। इरान पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण पदक जितेको टिम हो।

    images

    नेपाल यसअघि बहराइनसँग २०-२५, २५-२०, २५-१८, र २५-१५ को ३-१ को सेटमा पराजित भएको थियो। 

    प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन्।

  • सम्बन्धित विषय:

  • # भलिबल