शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू–१९ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानको सामना गर्दै

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 315
    SHARES
  • साफ यू–१९ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानको सामना गर्दै

    नेपालले आफ्नो पहिलो खेल आज अपराहन्न ५:३० बजे पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ।

    images

    समूह ‘ए’ मा रहेको नेपालसहित माल्दिभ्स र पाकिस्तानसँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन्। 

    त्यस्तै समुह बि मा रहेको भारत र बंगलादेशबीचको खेल आजै दशरथ रंगशालामा दिउँसो १:३० बजेदेखि सुरु हुनेछ। 

    images

    दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

    यसअघिका चार संस्करण नेपाल र भारतले मात्र जितेका छन्। नेपाल र भारत दुवैले यसअघि दुई/दुई पटक साफ यू-१९ च्याम्पियनसिपको उपाधि जितेका छन्। नेपालले २०१५ र २०१७ मा उपाधि जितेको थियो भने भारतले २०१९ र २०२२ मा उपाधि जितेको थियो।

    साफ यू-१९ प्रतियोगिताका लागि नेपालले २३-सदस्यीय टिम घोषणा गरेको छ। 

    नेपाली यू-१९ टिम:
    गोलकिपर- जियारत शेख, रविन बोगटी र अमित तामाङ
    डिफेन्डर- सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु) र गौरव महर्जन
    मिडफिल्डर- कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट र नेल्सन तामाङ
    फरवार्ड- समिर तामाङ, निराजन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारी।

  • सम्बन्धित विषय:

  • # फुटबल