शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : रियल मड्रिड, आर्सनल र बार्यन म्युनिख विजयी

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 348
    SHARES
  • च्याम्पियन्स लिग : रियल मड्रिड, आर्सनल र बार्यन म्युनिख विजयी

    काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगमा रियल मड्रिड, आर्सनल र बार्यन म्युनिखले विजयी सुरुवात गरेका छन्। 

    images

    बुधबार राति एमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलले पीएसभीलाई ४-० ले पराजित गर्‍यो। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे। समूह ‘बी’कै अर्को खेलमा लेन्स र सेभिल्लाले १-१ को बराबरी खेल्दै अंक बाँडे। 

    यस्तै, समूह ‘ए’अन्तर्गतको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न ४-३ गोलअन्तरले विजयी भएको हो। बार्यनको जितमा लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १-१ गोल गरे। युनाइटेडका कासेमिरोले २ तथा  रासमुस होइलन्डले १ गोल गरे। 

    images

    सोही समूहमा गालाटासरे र एफसी कोपेनहेगनले २-२ गोलको बराबरी खेलेका थिए। 

    यसैगरी, स्पेनिस क्लब रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा युनियन बर्लिनमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ।

    समूह ‘सी’को खेलमा जुड बेलिङघमले इन्जुरी समयमा गोल गरेपछि रियल १-० ले विजयी भएको हो। बर्लिनले पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको छ। 

    सोही समूहको अर्को खेलमा नापोली र ब्रागाले १-१ गोलको बराबरी खेलेका थिए।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग