शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बांगलादेशलाई हराउँदै भारतको विजयी सुरुवात

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 575
    SHARES
  • बांगलादेशलाई हराउँदै भारतको विजयी सुरुवात

    काठमाडौ । नेपालमा आजबाट सुरु भएको साफ यू-१९ फुटबलमा भारतले विजयी सुरुवात गरेको छ।

    images

    बिहिवार दशरथ रंगशालामा भएको खेलमा भारतले बांगलादेशलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

    भारतको जितमा खेलको ३३ सेकेन्डमै ग्वासमर गोरेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

    images

    त्यस्तै पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतीले गोल गर्दै खेल २-० को स्थितीमा पुर्याए।

    त्यसपछि दोस्रो हाफको अन्तिम मिनेटमा अर्जुन सिंहले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाए।

    यो जितसंगै समूह बी मा रहेको भारतले ३ अंक बटुल्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ।

    भारतले दोस्रो खेलमा भुटानसंग खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ यू-१९